एनपीएलको उपाधि जनकपुरलाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको उपाधि जनकपुरले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

सदुरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाएर भेटायो । जनकपुरलाई जिताउन ओपनर लाहुरु मिलन्थाले सर्वाधिक ८७ रन प्रहार गरे । उनले ४९ बलमा ९ चौकार ४ छक्का हिर्काए । आसिफ सेखले ३३ रन र हर्ष थाकरले ३० रन, जिम्मी निसमले ४ रन, आकाश त्रिपाठीले २ रन, मयन यादवले २ रन र मोहमद मोसिनले ९ रन बनाए ।

टस जितेर ब्याटिङ गरेका सुदुरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ६९ रन, विनोद भण्डारीले ४१ रन बनाए । म्याकमुलुन र हरमित सिंहले समान १४, १४ रन हाने । स्कट कुगेलिग्नले १३ रन र दिपेन्द्र सिंह ऐरीले ९ रन प्रहार गरे ।

सुदरपश्चिमका दिपेन्द्र सिंह ऐरी, स्कट कुगेलिग्न, इशान पाण्डे र सैफ जैबले समान १,१ विकेट लिए । जनकपुरका मोहमद मोसिन र किशोर महत्तोले समान ३,३ विकेट, ललित राजवंशी, जिमि निसम र समान १,१ विकेट लिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१