
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बेस्ट प्लेयर अफ टुर्नामेन्टको अवार्ड दिपेन्द्रसिंह ऐरीले पाएका छन् । उनले ओमोडाको कार पाएका छन् । उनले एनपीएलमा २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका छन् ।
यस्तै सर्वोत्कृष्ट नेपाली बलर बन्न सफल ललितराज राजवंशीले बाइक पाएका छन् । उनले अल्ट्राभोलेटको बाइक जितेका छन् । ललितले १७ विकेट लिएका थिए ।