• २०८३ असार ११
  • 2026 June 25, Thursday

समितिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे छलफल

काठमाडौं । महिला समितिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान ,अधिकार र समावेशीकरण सम्बन्धमा छलफल भएको छ ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिमा लैङ्गिक अल्पसख्यक समुदायहरुको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल भएको हो ।बैठकमा सांसद रोशन कार्कीले भावनाको अधारमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिलाई नागरिकता प्रदान गर्न नसकिने धारणा राखिन् । नागरिकता जस्तो संवेदनशिल कुरा भावनाको आधारमा नै दिँदा भावना परिवर्तन हुनसक्ने भएकाले अप्ठ्यारो परिस्थिति आउने उनको भनाई छ ।

‘भावनाको आधारमा तेस्रो लिङ्गीहरुलाई नागरिकता दिन त सकिँदैन । कानुनले हुँदैन् जस्तो लाग्छ । शारीरिक रुपमा नै परिवर्तन छ भने त ठिक छ । त्यसमा केही छैन् ,त्यसको पहिचानहरु हुनसक्छ । किनकी नागरिकता जस्तो संवेदनशिल कुरामा भावनाको आधारमा नै दिँदा भावना त भोलि परिवर्तन हुनपनि सक्छ । र त्यसले अप्ठ्यारो पर्न सक्छ । पेसाको कुरामा पनि सरकारले बैंकले ऋण दिँदा पनि कसरी दिने? किनकी बैकिङ कारोबारमा पनि यीनिहरुको बारेमा परिचय भइसकेको छैन् ।’
छलफलमा समलिङ्गी पुरुष यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायका व्यक्तिहरुले शारीरिक रुपमा परिवर्तन नभएतापनि भावनाको आधारमा नागरिकता प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।