सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।

आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् ।अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुयाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१