जनकपुरका समर्थकमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोसः सांसद श्रेष्ठ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका समर्थकहरुमाथि अभद्र व्यवहार भएको भन्दै सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले आपत्ती जनाएका छन् ।

केहि अराजक समूहले जनकपूरका समर्थकमाथि भौतिक आक्रमण, जातीय विभेद र रंगभेदी गालीगलौज गरेको भन्दै भत्र्सना गरेका हुन् ।

उनले भने् ‘ नेपाल प्रिमियर लिगको क्रममा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि केही अराजक समूहद्वारा गरिएको भौतिक आक्रमण, जातीय विभेद, र रंगभेदी गालीगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय छ। यस्तो प्रकारका गतिविधिहरूले खेलकुदको मर्मलाई मात्रै होइन, हाम्रो समाजको एकता र सद्भावलाई पनि गम्भीर आघात पुर्‍याएको छ।’

सांसद श्रेष्ठले जातीय र क्षेत्रीय विविधता माथि प्रहार गर्नेलाई कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन्। ‘हाम्रो देशको जातीय र क्षेत्रीय विविधता हाम्रो शक्ति हो। यो विविधतामाथि प्रहार गर्ने, समाजलाई विभाजन गर्ने, र आफ्नो स्वार्थ सिद्ध गर्ने असामाजिक तत्वहरूलाई सरकारले तत्काल छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफू जनकपुर बोल्ट्सको समर्थकहरुको न्यायका लागि साथमा रहेको बताउँदै एकताको माध्यम रहेको खेलकुदलाई द्वन्द्वको कारण बन्न दिन नहुने उल्लेख गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१