• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डि मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ ।

मध्यान्ह् १२ः३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ ।यस्तै आजै दिउँसो ३ः०० बजेबाट सुरु हुने दोस्रो खेलमा समुह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिष्पर्धा हुँदैछ । दुबै टोली उच्च मनोबल लिएर मैदान उत्रिँदै छन् ।
यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।