
काठमाडौं । सेफ घनश्याम कँडेलको पुस्तक ‘टिमुर’ को लोकार्पण गरिएको छ ।
जापान बस्दै आएका सेफ कँडेलको टिमुर नामक पुस्तकको सोमबार काठमाडौंमा लोकार्पण गरिएको हो । टिमुरले नेपाली मौलिक परिकारलाई विश्वसामु पुर्याउन सहयोग गर्ने कँडेलले बताए । पुस्तकले खानाका विभिन्न परिकार बनाउन प्रेरणादायी भूमिका खेल्ने विश्वास कँडेलले व्यक्त गरेका छन् ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, ख्यातिप्राप्त सेफहरुको उपस्थिती रहेको थियो ।