काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटमा रहेको शेरा दरबार सरकारकै नाममा फिर्ता ल्याउनुपर्ने र दाेषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एमाले सांसदले शेरा दरबारको प्रसंग निकालेपछि प्रचण्डले जग्गा फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका हुन् । उनले दोषीमाथि कारबाही गर्नसमेत माग गरेका हुन् ।
‘कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही पनि कानुनको दायरामा आउनुपर्छ भनेर मैले भनेको थिएँ । शेरा दरबार फिर्ता गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्’ प्रचण्डले भने ।
शेरा दरबारसहित नुवाकोटको शेरा फाँटको जग्गा निजी कम्पनीमा सार्न माओवादीका पूर्वकार्यकर्ता विकेश श्रेष्ठको संलग्नता रहेको समाचार यतिबेला सञ्चारमाध्यममा छाइरहेकाे छ ।
शेरा दरबारमा आफ्नो परिवारको समेत नाम जोडिएपछि प्रचण्डले स्पष्टीकरण दिएका हुन् । एमाले सांसद घिमिरेले बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकसँग पनि जवाफ माग गरेका छन् ।