सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।

नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ ।

पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्ह‍रूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१