
काठमाडौं । ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै देउडा संस्कृति संरक्षण समाजले आपत्ति जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्तिमार्फत मौलिकता, संस्कार र भाषा– संस्कृतिलाई होच्याउने गित–संगितप्रति देउडा संस्कृति समाजले खेद प्रकट गरेको हो ।
समाजका अध्यक्ष धुव्र बहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मौलिकता, संस्कार र भाषा–संस्कृतीलाई होच्याउने गित संगीतप्रती खेद प्रकट गर्दै कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जातजाती तथा समुदायसँग जोडिएको मौलिक, कला, संस्कृती, परम्पराका साथसाथै पुजनीय संस्कार र संस्कृतिलाई अपहेलना गर्ने होच्याउने खालका गित–संगीतप्रती घोर आपत्ति जनाउदै सम्बन्धित निकायहरूमा समेत ध्यानाकर्षण गर्दछौं ।’
शिष्टताको खिल्ली उडाउने र काली–कर्णालीको संस्कारको बेइज्जत हुनेगरि अपाच्य गित, संगित सामाजिक सञ्जालमा छरपष्ट रहेकोप्रति ध्यानाकर्षण भएको देउडा संस्कृति समाजले जनाएको छ । ‘हाम्रो परम्परा मौलिकता सभ्यता र संस्कारसंग जोडिएका ओजपूर्ण शब्दहरुलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरि दुरुपयोग तथा दिन–प्रतिदिन काली–कर्णालीको संस्कारको बेइज्जत हुनेगरि बिभिन्न सामाजिक सञ्जालमा प्रकाशन र प्रशारण गरिदै आएका अपाच्य गित, संगीत वा समाजिक संजालमा रहेका विषयवस्तु प्रती गम्भीर आपत्ति जनाउँदछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।