भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं । तिब्बतमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

आज बिहान तिब्बतको काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ५३ जनाको ज्यान गएको हो । सय भन्दा धेरै घाइते भएका सिजिटिएनले जनाएको छ । ज्यान गुमाउने र घाइते हुने सबै तिब्बतका हुन् । भूकम्पबाट कैयौं भवनमा क्षति पुगेको छ ।

चीनमा केन्द्र बनाएर गएको भूकम्पको धक्का नेपाल, भारत र भुटानमा महसुस गरिएको छ । भूकम्प नेपाली बिहान ६ः५० बजे गएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१