भारतीय राजदुतावासद्धारा काठमाडौमा हिन्दी दिवसको अवसरमा कार्यक्रम आयोजना

काठमाडौ स्थित नेपालका लागी भारतीय राजदुतावासले विश्व हिंदी दिवस को अवसरमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा संसद तथा नेपाल हिन्दी मन्चका अध्यक्ष मंगल प्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डॉ गोपाल ठाकुर, नेपाल संगीत और नाटक प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीमती निशा शर्मा लगायतका अतिथीहरु उपस्थित थिए । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी दिवसको अवसरमा दिएको सन्देश दुतावासका काउंसलर गीतांजलि ब्रैंडनले वाचन गरेका थिए ।

कार्यक्रममा काठमांडू स्थित केही विद्यालयहरु हिंदी कविता पाठ र नाटकमा भाग लिएका थिए, जसमा विद्यार्थीहरुले विभिन्न विषयहरु माथी कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको तफवाट समेत केहि कलाकारहरु भाग लिएका थिए ।

कार्यक्रममा नेपाल र भारत मैत्री कवि सम्मेलन समेत आयोजना गरिएको थियो । जसमा दुवै देशका प्रतिष्ठित कविहरुले हिंदी कविता सुनाएर सहभागी दर्शकहरुलाई मंत्रमुग्ध पारेका थिए । 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१