महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा,यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ ।
आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो ।

काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपाल सहित  नेदरल्याण्डस्   र थाइल्याण्ड सहभागी हुने भएका छन् ।

तीन देशले एक अर्कासहित ३/३ खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ ।क्यानका अनुसार टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने सिरिज अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१