• २०८३ असार ११
  • 2026 June 25, Thursday

रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् ।

सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो ।

सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् ।मंगलबार सरकारी बिदा रहेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।