
काठमाडौं । विपक्षी दलको बैठक सकिएको छ ।
सिंहदरबार स्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठक सकिएको हो । बैठकमा ६ दलका नेताहरु सहभागि थिए ।
सरकारको कामकारबाहीलाई लिएर बैठकमा छलफल भएको थियो ।
सरकारले हिउदे अधिवेशन नबोलाएको, महंगी बढ्दै गएको, भ्रष्टचार अनियन्त्रीत भएको र सरकार स्वेच्छचारी बनेको माओवादी नेता वर्षमान पुनले बताएका छन् । यी विषयमा सरकारलाई खबरदारी गर्ने उनले बताएका छन् ।