४० जना फरार प्रतिवादी पक्राउ

काठमाडौ । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यन्वयन अनर्तगत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले कर्तव्य ज्यान ,डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किर्ते जालसाजी,अपराधिक जस्ता अपराध गरेका छन् ।

कर्तव्य ज्यानमा ४, डाँका चोरीमा १, कुटपिट मुद्दामा ४, गाली गलैंज मुद्दामा १, गाली बेइज्जेतीमा ९, कुटपिटमा ८ , किर्ते जालसाजीमा ६, बिगो १, नकबजनी चोरी १ र अपराधिक उपद्रय ३ जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ । फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने रौतहट प्रहरीले जानकारी दिएको छ ।