• २०८३ असार १०
  • 2026 June 24, Wednesday

०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् ।

मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे ।उनले भने, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ ,राती नै ढल्छ । भोली नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ । तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ । ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ ।

सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । त्यो भन्दा अगाडि ढल्दैन् ।’यस्तै,उनले आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भनेर झुटो प्रचारप्रसार भइरहेकोमा आपत्ति जनाए ।उनले भने,‘मैले टिकटकमा हेर्दै थिए । एउटा मानिसले बोलेको रहेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्वीस बैंकमा जम्मा गरेको छ भनेर आफैंले आश्चर्य मान्नुपर्छ ।त्यस्तै,उनले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताउँदै अध्यादेशबाट देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए ।