• २०८३ साउन १
  • 2026 July 17, Friday

नेपालगन्जमा राजस्थानी कलाकारहरुको मनमोहक प्रस्तुति

काठमाडौं । भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौं तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) नेपालको सहकार्यमा नेपालगन्जमा एक सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भारतको समृद्ध सांस्कृतिक धरोहर झल्काउने राजस्थानी लोक नृत्य प्रस्तुत गरिएको थियो। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहेका थिए। कार्यक्रमा भारतीय राजदूतावास बाट प्रेस, सूचना तथा संस्कृति विभाग प्रमुख प्रथम सचिव वशिष्ठ नन्दन सहभागी थिए।

कार्यक्रमले भारत र नेपालको सुमधुर सांस्कृतिक सम्बन्ध र आपसी मित्रतालाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन्।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को सहयोगमा नेपाल आएका कलाकारहरूले विविध लोक नृत्य प्रस्तुत गर्दै नेपाली दर्शकलाई आकर्षित गरेका थिए।

यस सांस्कृतिक कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले दुवै देशबीचको सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।