• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् ।जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।

उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।