![](https://hulaksanchar.com/wp-content/uploads/2025/02/hansar.jpg)
काठमाडौ । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई बरामद गरेको थियो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा बिना कागजातको १६ वटा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको हो । पटक पटक सवारी साधनका धनीलाई कागजातहरु ल्याउन भनिएपनि कागजातहरु उपलब्ध नगराउदा उक्त साधनहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले बताए ।१६ थान मोटरसाइकलको करिव १२ लाख मूल्याकन गरिएको उनले जानकारी दिए । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा सवारीसाधनहरुको चेकजाँच गरेको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।