जुम्लाको ८ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट

काठमाडौ । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान सफल भएको छ ।कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको हो ।

तातोपानी गाउँपालिकाले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ ।जुम्लाका आठ स्थानीय तहमध्ये अग्रस्थानमा पुयाउन सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए चौलागाईका अनुसार पालिकाको प्रमुख उपलब्धि हो ।त्यस्तै, ९२ प्रतिशत अंकसहित कनकासुन्दरी गाउँपालिका दोस्रो रहेको छ । हिमा गाउँपालिकाले ६९.५ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

गाउँपालिकाको योजनाबद्ध ढंगले गरेको कार्यशैली, पारदर्शिता र दिगो विकासको सोच भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।प्रमुख प्रशासकिय अधिकृत शाहिका अनुसार तातोपानीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गर्दै गाउँपालिकाले समग्रमा ९० प्रतिशत मूल्यांकन सुरक्षित गरेको छ ।तातोपानी गाउँपालिका स्थानीय आर्थिक विकास मूल्यांकनमा समेत ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१