• २०८३ साउन १
  • 2026 July 17, Friday

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौ । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।

सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ । गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलीया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत गराएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।