
काठमाडौं । हिन्दु स्वयंसेवक सङ्घ नेपाल भैरहवाले रुपन्देहीमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरेको छ । ‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’ भन्ने उद्देश्यका साथ स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना भएको हो ।
परीक्षामा रुपन्देहीको लीलाराम विद्यालयका रञ्जित पाल प्रथम भएका छन् । उनले नगद २१ हजार रुपैयाँ पुरस्कार पाएका छन् । पश्चिमाञ्चल इङ्ग्लिस स्कूलकी रिया सिंह दोस्रो भइन् भने साइ ग्लोबल विद्यालयकी प्रियङ्का कुमार सिंह तेस्रो भइन् । उनीहरुले क्रमशस् ११ हजार र ५१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
साथै, मनकामना इङ्ग्लिस हाई स्कूलका सफल कार्की, अजय कुमार गुप्ता, सरस्वती शिशु सदनकी आँचल पासवान, ज्योति यादव, कालिका पब्लिक स्कूलका राजेश यादव, मोडल गोल्डन स्कूलका अभी यादव, सनलाइट स्कूलकी अञ्जली गुप्ता, बृहस्पति स्कूलका स्नेहा कुमारी शाह, मुन लाइट मा। विका बुद्ध पाण्डे, न्यू इराका जय माला बरई, पश्चिमाञ्चल इंग्लिश स्कूलकी राज कुमारी यादव, अभिनव यादवलाले प्रोत्सहान स्वरूप सान्त्वना पुरस्कार पाएका छन् ।
विजेता परीक्षार्थीले ५० पूर्णाङ्कमा मा ५० अङ्क प्राप्त गरेकाले गोला प्रथाद्वारा पुरस्कार वितरण गरिएको परीक्षा नियन्त्रक महेश भुर्तेलले बताए ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा भैरहवा क्षेत्रका करिब ५० विद्यालयका १५०० भन्दा बढी विद्यार्थी सहभागी थिए ।
विजेताहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडि एवं हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्रीय प्रचारक वेद प्रकाशले पुरस्कर तथा प्रमणापत्र वितरण गरेका थिए ।