
२०, फाल्गुण २०८१, बागलुङ
चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजनामा बागलुड बजारमा २ दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिम मंगलबारदेखि सुरुवात भएको छ ।
संस्थाले सञ्चालन गरिरको वातावरण मैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गतका व्यवसायिक कृषक र सम्भावित व्यवसायिक कृषकहरु गरी ३० जना को सहभागिता रहेको छ । तालिम कार्यक्रमको उद्घाटन संस्थाका संरक्षक तथा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले गर्नुभएको थियो । उद्घाटनका क्रममा प्रमुख अतिथी शर्माले तालिमले कृषकहरुलाई नयाँ सीप र ज्ञान प्राप्त गर्नका लागि एउटा उत्कृष्ट अवसर प्रदान गर्ने बताउनस भएको थियो । उहाँले कृषकहरुलाई व्यावसायिक दृष्टिकोणबाट कृषिको विकास गर्नका लागि तालिमका माध्यमबाट उपयुक्त मार्गदर्शन र स्रोतहरू उपलब्ध गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले कृषि केवल उत्पादन गर्ने कुरा मात्र नभई एक व्यवसाय पनि भएको बताउनु भयो । उहाँले व्यवसायिक दृष्टिकोणबाट कृषि गर्ने किसानहरुले समय समयमा यस्ता प्रकारका तालिमहरुको आवश्यक रहेको बताउनु भएको थियो ।
तालिमका पहिलो दिन प्रशिक्षक शीतोषण वागवानी विकास केन्द्र मार्फा मुस्ताङका वरिष्ठ अधिकृत पद्मनाथ आत्रेयले नर्सरी व्यवस्थापन , बिउ उत्पादन , रोगकिराको उपचार , काँटछाट , रासायनिक तथा प्राङ्गारिक मलको प्रयोग गर्ने तरिका , सिचाइ लगायतका बारेमा जानकारी गराउनु भएको थियो । तालिमको दोश्रो दिन प्रयोगात्मक प्रशिक्षण फिल्डमा गरिने संस्थाका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीले जानकारी गराउनु भयो ।
बागलुङ नगरपालिका वडा नं. ८, ९ र १० का कृषकहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष लक्ष्मण खड्का, स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश कार्यसमिति सदस्य सीता शर्मा र सञ्चालन कार्यक्रम अधिकृत क्षेत्रीले गर्नुभएको थियो ।