गोरु पाल्नेलाई गाउँपालिकाको सम्मान

गुल्मी । धुर्कोट गाउँपालिकाले गोरु पाल्नेहरुलाई सम्मान गरेको छ ।

धुर्कोट गाउँपालिका वडा नं. ४ मा गोरु पाल्दै आएका ४८ किसानलाई बुधबार सम्मानित गरिएको हो । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले प्रमाणपत्र दिएर किसानलाई सम्मान गरेका थिए ।

पछिल्लो समय कृषि प्रविधिको पहुँच गाउँमा बढ्दै जाँदा गोरु लोप हुने अवस्था रहेको भन्दै पोखरेलले गौसंरक्षण गरिरहेका किसानलाई सम्मान गरेका हुन् । प्रविधि हुँदाहुँदैपनि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको उद्देश्य छ ।

यो वर्ष १ लाखको बजेट छुट्याएरै वडाका किसानलाई सम्मान गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१