• २०८३ साउन ९
  • 2026 July 25, Saturday

जनकपुरधामको एक गेस्ट हाउसमा पुरुषको शव फेला

काठमाडौ । जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको न्यू जनकपुर गेस्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।

बिहीबार बेलुकी उक्त गेस्ट हाउसको कोठा नम्बर ३०१ मा ओछ्यानमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको बनौली ४ का विनोद चौधरीको छोरा सागरकान्त चौधरीको रहेको बताए ।

बिहीबार बेलुकी होटल संचालकले चौधरी मृत फेला परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सो होटलमा पुगेका थिए ।मृतकको आफन्त हिजो अबेर रातीसम्म नआएका कारण शव होटलको बेडमै रहेको डिएपी सिंहले जानकारी दिए । उनले मृतकको आफन्त आएपछि मात्र शवको मुचुल्का गरी पोस्टमार्टमका लागि पठाउने बताए ।शवको आज पोस्टमार्टम गरिने र अनुसन्धान आगडि बढाइने धनुषा प्रहरीले जनाएको छ ।