• २०८३ साउन ८
  • 2026 July 24, Friday

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

काठमाडौ । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षती नभएको र घाइतेहरुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।बसका चालक र सहचालक भने फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका चालक र सहचालकको खोजी भइरहेको जनाएको छ ।