चर्चामा

प्रदेश सरकारको विशेष टोलीले एसईई परीक्षाको अनुगमन गर्ने

काठमाडौ । चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।
परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठवटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ ।

सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसईई) २०८१ संचालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले यसपालीको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेका छन् । उनले सुरक्षाको दृष्टिकोनले परीक्षा केन्द्रको मुल गेटमै सीसीटिभी क्यामेरा जडान गर्न प्रमुख जिल्लाअधिकारी र केन्द्राध्यक्षहरुलाई सुझाव दिएका छन् ।

कुनै विद्यार्थीले चोरी गरेको फेला परेको खण्डमा कक्षाकोठामा उपस्थित गार्डलाई कारबाही गर्न र कोही विद्यार्थीले मोबाइल परीक्षाकेन्द्रमा लगेमा उक्त मोबाई जफत गरी फिर्ता नदिईनेलगायतका नियम लागु गर्न मुख्यमन्त्री सिंहले सुझाव दिए ।उनले प्रदेशमा सबैभन्दा राम्रो व्यवस्थापन र मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने घोषण पनि गरे । त्यसकालागि प्रदेश सरकारले विशेष टोली बनाई परीक्षाकेन्द्रहरुको अनुगमन गर्ने जानकारी दिए ।कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारीले विद्यार्थीहरुले परीक्षामा बढी अंक ल्याउनु भन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिए ।उनले विद्यार्थीहरुले चोरी गरेर बढी अंक प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढि समस्यामा पार्ने बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले दिएको जानकारी अनुसार यस वर्ष मधेश प्रदेशमा ८८,८५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१