• २०८३ असार ३२
  • 2026 July 16, Thursday

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई७ लाख ९३ हजार जरिवाना  तिराउने भएको छ ।

शुक्रबार उनका समर्थनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने लगायतका क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगरले पूर्वराजालाई एक लाख रूपैयाँ जरिवाना पत्र काटेको हो ।

ज्ञानेन्द्रका समर्थकले महानगरको दमकलमा समेत तोडफोड गरेका थिए । समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।