पल प्रकरण : नवलपुरमा पनि नाबालिगले फेरिन् बयान

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

बालिकाले पलले आफूलाई करणी गरेको नभई अरुको उक्साहटमा जाहेरी दिएको भनी बयान दिएको उनीनिकट कानुन व्यवसायीले जानकारी दिएका छन् ।

यसअघि जिल्ला अदालत तनहुँमा जारी बकपत्रमा पनि नाबालिगले बयान फेरेकी थिइन् ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले उक्त प्रकरणको प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पूर्पक्षका लागि थुनामा पठाएको छ । शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् ।

याे पनि

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान

पल प्रकरणमा नाबालिग गायिकाले फेरिन् बयान, बलात्कार नभएकाे दाबी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१