काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए ।उनले भने, ‘संसदको विषेश समितिमा यो कुरा शंकास्पद छ भनेर भनेको थिए । यसमा शंका गर्ने ठाँउ छ । एकदिन अगि प्रधानमन्त्रीले १०÷१५ हजार मान्छे ओहोरदोहोर गरिरहेका हुन्छन् कुन ठुलो कुरा हो भन्ने अर्का दिन चै गृहमन्त्रालयले ४ हजार मान्छे पनि सम्हाल्न नसकेको कस्तो हो ? दुईजनाको हत्या भएको छ । पनि ५ वर्ष मैले पत्रकारीताको अशं एभिन्युज मै बिताएको छु । सुरेशजी लगायतका टिम मेरो सहकर्मी हुन् ।
घटना स्थलमा धेरै हारगुहार गर्दा खेरी पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग भएन् भन्ने कुरा यथस्ट प्रमाण छ । नेकपा समाजवादीको कार्यलयमा आक्रमण हुदा खबर गरेको ४० मिनेटसम्म प्रहरी नपुग्ने तर एमालेको कार्यलयमा चै पहिलेदेखी सुरक्षा दिएर बस्ने कुराले सरकार आन्दोलन कै क्रममा हुने सम्भावित जोखिमको बारेमा पनि वायस छ । आ—आफ्नो मात्र सुरक्षा गरेर बसेको देखिन्छ । जनताको सुरक्षा, पत्रकारको सुरक्षा, प्रतिपक्षीदलका कार्यलयको सुरक्षा गरेको छैन ।’पत्रकार सुरेश रजकका माइलो दाई दिनेश रजकले पनि भाग्ने ठाउँ हुँदा हुँदै पनि भाईको मृत्यु हुनु अझ पनि शंक्कास्पद रहेको बताए ।
‘शंका नै शंकाको घेरामा छ । कसैलाई दोष लगाउन त मिलेन देखेको छैनौ । उ झ्यालबाट गएको छ सबैले देखेको कुरा हो । पहिले हामीलाई पनि थुनेर मारेको जस्तो लागेको थियो तर पछि भिडियोहरु आउदा होइन रैछ । सबैजना जुन ठाँउबाट गए मेरो भाईपनि त्यही ठाउँबाट आउन सक्थ्यो पक्का उ त्यही भएर ढुक्क भएर बसेको छ म त्यहीबाट फर्किन्छु भनेर होला । टियर ग्यास हानेको भनेको छ कोहीपनि टियर ग्यासमा बस्न सक्दैन । मान्छे भाग्ने ठाउँ नहुदा निसासिएर मर्ने हो । भाग्ने ठाउँ हुँदा हँुदै मरेको छ । अरु सबै त्यही बाट भागेर आएका हुन् नि । अनि शंक्कास्पद भएन त ? भाग्ने ठाउँ हुँदा हुँदै कोही मर्छ त ?’ उनले भने ।