• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको समर्थन

काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा एक हप्तादेखि जारी सडक प्रदर्शन र त्यससँग सम्बन्धित परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

सङ्गठनले शिक्षक महासङ्घ र सरकार बीच भएका सहमति, शिक्षण पेसाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण प्रदर्शन, लामो समयसम्म सडकमा रहेपछि उत्पन्न हुने मनोवैज्ञानिक असर र विद्यार्थी, अभिभावक, तथा समग्र शैक्षिक वातावरणमा पर्ने प्रभावलाई विचार गर्दै शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ। सङ्गठनले सरकारसँग गम्भीर र जिम्मेवार कदम चाल्नको लागि आग्रह गरेको छ ।

सरकारले आफ्ना आवश्यकतामा अध्यादेशलाई सहज माध्यमको रूपमा प्रयोग गरिरहेको अवस्थामा, संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकलाई निष्क्रिय पार्नुले सरकारको नियतप्रति प्रश्न उठेको वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। उनले यस स्थितिलाई थप जटिलतामा जान नदिन सरकारको तत्कालीन पहल आवश्यक रहेको बताएको छ।11