दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइँदै

काठमाडौं। दुर्गा प्रसाईंलाई आज आसामबाट पक्राउ गरेर नेपाल ल्याइएकाे छ ।

तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट ल्याइएकाे छ । झापाबाट भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।

प्रसाईं भागेर भारत पुगेका थिए । तर उनले सामाजिक सञ्जालमा नेपालमै रहेको दाबी भिडियो पोष्ट गरिरहेका थिए ।

चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१