• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

“विपद्‌का एक वर्षमा ८ हजारभन्दा बढी घटना, ७४५ जनाको ज्यान गयो”

काठमाडौँ । गएको एक वर्षमा देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ७४५ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ सालको वैशाख १ देखि चैत २९ गतेसम्म कुल ८ हजार ८६१ वटा विपद्‌का घटना घटेका छन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार सो अवधिमा ६९ जना बेपत्ता भएका छन् भने १ हजार ७०२ जना घाइते भएका छन्। विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् भने करीब ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ।

विपद् अनुसार मानवीय क्षति
सबैभन्दा धेरै क्षति पहिरोबाट भएको देखिएको छ। पहिरोका कारण मात्रै ३५१ जनाको मृत्यु भएको छ। अन्य प्रमुख विपद्‌ र त्यसबाट भएको मानवीय क्षति निम्नानुसार छन् :

  • बाढी : ९७ जना मृत्यु, १८ जना बेपत्ता

  • चट्याङ : ७८ जना मृत्यु

  • आगलागी : ७७ जना मृत्यु

  • जनावरको आक्रमण : ४३ जना मृत्यु

  • लेक लागेर : २४ जना मृत्यु

  • हवाई दुर्घटना : २३ जना मृत्यु

  • सर्पदंश : १९ जना मृत्यु

  • डढेलो : १० जना मृत्यु

  • हुरीबतास : ७ जना मृत्यु

  • डुङ्गा पल्टिँदा : १ जनाको मृत्यु

  • अन्य विविध कारण : ७ जनाको मृत्यु

  • हिउँ पहिरो : ३ जना बेपत्ता

सबैभन्दा धेरै आगलागीका घटना

गत वर्ष सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार ४ हजार १४५ वटा आगलागीका घटना घटेका छन्। अन्य प्रमुख विपद्‌हरूको घटनासंख्या यसप्रकार छ:

  • डढेलो : १ हजार १९५ घटना

  • पहिरो : १ हजार ५ घटना

  • भारी वर्षा : ५६८ घटना

  • बाढी : ४१८ घटना

  • चट्याङ : ४१८ घटना

  • जनावर आक्रमण : ४७७ घटना

  • लेक लाग्ने : १११ घटना

  • हावाहुरी : ३४९ घटना

  • सर्पदंश : ८४ घटना

  • हिउँ पहिरो : ६ घटना

  • भूकम्प : ७४ घटना

  • हवाई दुर्घटना : २ घटना

  • डुङ्गा पल्टिने : १ घटना

  • असिनापानी : १ घटना

  • अन्य : ७ घटना

प्राधिकरणले सार्वजनिक गरेको विवरणले विपद्‌ व्यवस्थापन र पूर्वतयारीको खाँचो झनै गहिरिएको देखाएको छ।