• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कश्मीरमा ज्यान गुमाएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाबाट दागबत्ती

काठमाडौं ।भारतको जम्मु–कश्मीरस्थित पहलगाममा आतंककारी आक्रमणमा ज्यान गुमाएका रुपन्देही, बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि त्रिवेणी घाटमा गरिएको छ। मंगलबार भएको हमलामा मृत्यु भएका सुदीपको शव आज परिवारको उपस्थितिमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको हो।

बुबा–आमाबीच सम्बन्ध विच्छेद भएकाले सुदीपलाई उनका काका कपिलदेव (कृष्ण) न्यौपानेले दागबत्ती दिएका हुन्। छिमेकी थानेश्वर पौडेलका अनुसार पारिवारिक परिस्थितिका कारण काकाले धर्मिक कर्तव्य निर्वाह गरेका हुन्।

बुटवल–११, कालिकानगरको मनकामना पथस्थित घरमा केही समय राखिएको शवलाई त्यसपछि त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिएको हो। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गमार्फत ल्याइएको सुदीपको शव एम्बुलेन्सद्वारा भारत–नेपाल नाका सुनौली हुँदै बुटवल पुर्‍याइएको थियो।शोकाकुल परिवार र स्थानीयबासीहरूको उपस्थितिमा सुदीपप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो।