• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नायिका स्वेता खड्काका कारण माझी बस्ती लिलाम हुन लाग्यो : सांसद उर्मिला माझी

प्रतिनिधि सभामा आइतबार शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले नायिका स्वेता खड्काको लापरवाहीले सिन्धुपाल्चोकको माझी बस्ती संकटमा परेको दाबी गरेकी छन् ।

भूकम्पपछि पुनर्निर्माण अभियान थालेकी स्वेताले बीचैमा काम छाड्दा चौतारा साँगाचोकगढी–११ स्थित ५५ माझी परिवार बैंकको कालोसूचीमा परेको उनले बताएकी छन्।

सांसद माझीको गुनासो थियो- “स्वेता खड्का कलाकारको रूपमा सम्मानित हुनुहुन्छ, तर सेवाभावमा थालिएको अभियानमा स्वेता जिम्मेबारविहीन बन्दा आज बस्ती लिलाम हुने अवस्थामा पुगेको छ,”उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।

स्वेता खड्का फाउन्डेशनमार्फत घर निर्माण अभियान सुरु गरिए पनि बीचमै छाडिएकाले माझी बस्तीका घरधुरीहरू अहिले भारी संकटमा छन्।

२०७२ को भूकम्पपछि पलाएको आशा अलपत्र बनेपछि यतिबेला माझी बस्तीका परिवारहरू थप पीडामा परेका छन्।