सत्तारूढ दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राप्रपाले राजा फर्काउने भए पशुपतिशमशेर जबरालाई पनि न्याय गर्नुपर्ने बताएका छन्।
उनले राप्रपालाई राजा फर्काउने हो भने आफ्नै सांसद तथा पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई श्री ३ घोषणा गर्न चुनौती दिएका छन् ।
“ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाउन खोजिन्छ भने मोहनशमशेरको नाती पशुपतिशमशेरलाई पनि श्री ३ बनाउनु पर्छ,”भनेर उनले कटाक्ष गरेका छन् ।
उनले स्मरण गराए कि त्रिभुवन र मोहनशमशेरबीच सम्झौताबाट नेपालमा श्री ३ व्यवस्था समाप्त भएको र २०६५ जेठ १५ मा जननिर्वाचित संविधान सभाबाट श्री ५ पनि समाप्त गरिएको हो।
“जनताको निर्णयले बिदा गरिएको श्री ५ फर्काउने हो भने सम्झौताबाट गएका श्री ३ पनि फर्काउनु पर्छ,” भन्दै उनले राप्रपाको धारणामाथि प्रश्न उठाए।