• २०८३ असार ८
  • 2026 June 22, Monday

संसद्‍मा ‘रक्सी चोर’को भन्दै राप्रपा र कांग्रेस सचेतकको चल्यो जुहारी

संसद्‍मा ‘रक्सी चोर’को भन्दै राप्रपा र कांग्रेस सचेतकको चल्यो जुहारी

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिपछि संसद्मा ‘रक्सी चोर’ काण्डको जुहारी चलेको छ।

लिङ्देनले चैत १५ गते तीनकुने घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट सत्तारुढ दलका एक सहमहामन्त्रीका छोराले रक्सी चोरेको आरोप लगाएका थिए। उनले सहमहामन्त्रीका छोरा पक्राउ परे पनि तत्काल छाडिएको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका थिए ।

यद्यपि उनले दल र व्यक्तिको नाम भने खुलाएका थिएनन्।

राप्रपा अध्यक्षले बोलेका यहि कुरामा आज कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीबिच घोषपेच चलेको छ ।

आइतबारको संसद बैठक सुरु हुँदै गर्दा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लिङ्देनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट प्रमाण मागेका थिए ।

घिमिरेले सहमहामन्त्री भन्ने पद कांग्रेसमा मात्रै रहेको हुँदा आरोप सिधै कांग्रेसमाथि लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।”कुन सहमहामन्त्री र कुन छोराले रक्सी चोरे, प्रमाण पेस गर, नत्र अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ,’ घिमिरेले चेतावनी दिएका थिए ।

घिमिरेले बोलेको केहि समयमा नै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जवाफ फर्काए ।

जवाफमा शाहीले लिङ्देनले कसैको नाम नलिए पनि सत्तारुढ दलकै सहमहामन्त्रीका छोराको कुरा उठाएको स्पष्ट पारे। शाहीले भनाइ थप व्यंग्यात्मक बनाउँदै भने, ‘पहिला चोरलाई खुट्टा काट भनेपछि चोर आफैँ खुट्टा लुकाउँथ्यो, आज संसद्मा त्यस्तै भएको छ।’

रक्सी चोर काण्डले संसद्मै आरोप-प्रत्यारोप र जुहारी चलिरहँदा सभामुखले बैठकमा संयमता अपनाउन आग्रह गरेका थिए।

तर मिडियामा यो आरोप नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरामाथि लागेको समाचारहरू सार्वजनिक भएपछी आज यस विषयले संसदमा विशेष चर्चा पाएको छ ।

भिडियो सार्वजनिक भएसंगै यादव र उनका छोराले उक्त दाबीलाई कडा रूपमा अस्वीकार गरेका छन्।

सोहि क्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोराले भिडियो सन्देष सार्वजनिक गर्दै भाटभटेनी चोरी काण्डमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् ।