• २०८३ असार ८
  • 2026 June 22, Monday

ओलीको कटाक्ष : “प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलिया भन्ने सुन्दा दया लाग्छ”

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच पुगेको भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप सुन्दा दया लाग्ने बताए। “के बोलेको त्यो? प्रमाणित गर्न सक्ने होइन, तर बोलेका छन्,” उनले भने।

ओलीले माओवादी नेता वर्षमान पुनले गगन थापालाई धन्यवाद दिएको कुरालाई पनि व्यंग्य गर्दै, सरकारलाई बदनाम गर्न ‘नावाकाद’ (नामले वामपन्थी, कामले दक्षिणपन्थी)हरूले षड्यन्त्र गरिरहेको बताए।

उनले सरकार ढल्यो-ढल्यो भन्ने हल्ला फैलाउनेहरूलाई शेरबहादुर देउवाले बैंककबाट फर्किएपछि चिसो पानी खन्याइदिएको बताए।

“सरकारले कुनै नराम्रो काम गरेको छैन। देश विकासको बाटोमा अगाडि बढेको छ,” भन्दै ओलीले विरोधीहरूलाई ‘झेली खेलाडी’को संज्ञा दिएका छन्।