• २०८३ असार ८
  • 2026 June 22, Monday

शिक्षक आन्दोलनस्थलबाट फर्किएपछि नेकपा (एस) को दाबी : ‘पूर्व प्रधानमन्त्रीहरू उत्साहित थिए, नाराबाजी भएको भन्ने गलत प्रचार हो’

काठमाडौं।राजधानीको बानेश्वरमा जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित शीर्ष नेताहरू पुगेका छन्।

२७ दिनदेखि आन्दोलनरत शिक्षकहरूलाई समर्थन जनाउन वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशीलगायत नेताहरू उपस्थित थिए।तर, केही प्रदर्शनकारी शिक्षकहरूले नेताहरूविरुद्ध नाराबाजी गर्दै “कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल” भन्ने जस्ता टिप्पणी गरेका थिए।

यसबीच, पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले नाराबाजीको दाबी अस्वीकार गर्दै नेताहरूको उपस्थितिलाई शिक्षकहरूले सकारात्मक रूपमा लिएको बताए।उनले भने, “पार्टी अध्यक्षलगायत नेताहरूको उपस्थितिले शिक्षक साथीहरू उत्साहित भएका थिए। कुनै नाराबाजी भएको थिएन। र, हाम्रोतर्फबाट भाषण गर्ने कार्यक्रम पनि थिएन।”