• २०८३ असार ८
  • 2026 June 22, Monday

सहमति टुंगिएन भने आजैदेखि आन्दोलन कडा बनाउने शिक्षक महासंघको तयारी

काठमाडौँ ।शिक्षक महासंघले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा संशोधन गरेको छ। आज बसेको महासंघको बैठकले मस्यौदामा केही बुँदाहरूमा थपघट गरी परिमार्जन गरेको हो। परिमार्जित मस्यौदालाई लिएर आजै पुनः सरकारसँग छलफल हुने स्रोतले जानकारी दिएको छ।

हिजो शिक्षामन्त्री रघुजी पन्तसहितको टोलीसँग भएको बैठकमा केही बुँदामा सहमति जुटेको थियो, जसको आधारमा प्रारम्भिक मस्यौदा तयार गरिएको थियो। सो मस्यौदामाथि आज महासंघको आन्तरिक छलफलपछि केही संशोधन गरिएको महासंघका एक शिक्षक नेताले जानकारी दिए।

उनका अनुसार, आजैबाट आन्दोलनलाई उग्र बनाउने तयारी गरिए पनि सहमति नजिक देखिएपछि त्यो योजना एक दिनका लागि रोकिएको छ।”यदि आज सहमति भएन भने भोलिदेखि आन्दोलन चर्काइनेछ,” ती शिक्षक नेताले भने, “निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको तयारी छ। तर आज सहमति जुटे आन्दोलनले नयाँ मोड लिनेछ।”