• २०८३ असार ८
  • 2026 June 22, Monday

‘शिक्षक, विद्यार्थी र चिकित्सक संगठनको दलीय नियन्त्रण अन्त्य गरौं’

काठमाडौँ ।शिक्षक आन्दोलनबारे संसद् जारी छलफलका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलहरूका भातृ संगठनहरू खारेज गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै शाहीले शिक्षक, विद्यार्थी र चिकित्सकजस्ता पेशागत समूहहरूलाई राजनीतिक दलका भातृ संगठनमार्फत चलाउनु अनुचित भएको उल्लेख गरे।

“सरकारी सेवामा रहेका शिक्षक, चिकित्सक वा विद्यार्थीहरू मुलुकको सेवा प्रवाहमा समर्पित हुनुपर्छ, कुनै दलको एजेन्डा बोक्ने होइन,” शाहीले भने, “त्यसकारण पार्टीका शिक्षक, विद्यार्थी र चिकित्सक संगठनहरू खारेज गरिनुपर्छ।”उनले पेशागत संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरेर तटस्थ बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा पनि जोड दिए।