काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। बैठकमा सरकारका हालसम्मका कामकारबाही, नीति तथा कार्यक्रम, र आन्दोलनका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी छन्। तर कांग्रेसका महामन्त्री गगन थापा भने बैठकमा अनुपस्थित छन्।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी छन्।