माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जसकारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१