• २०८३ असार ८
  • 2026 June 22, Monday

रेशम चौधरी जेलबाट रिहा

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी जेलबाट रिहा भएका छन् ।

कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले सर्वोच्च अदालतको पत्रानुसार चौधरीलाई रिहा गरिएको बताए ।

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको अनधिकृत पत्रका आधारमा चौधरीलाई बुधबार दिउँसो कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।

उक्त पत्र अनधिकृत भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । फेक पत्र लेखेर पठाउने महिमानसिंह विष्ट यसअघि नै पक्राउ परिसकेका छन् ।