काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।
काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा कर्मचारीहरूले आफ्ना माग र मुद्दा सहमतिमा समावेश नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बैठकमा होहल्ला गर्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेपछि कार्यक्रम तनावपूर्ण बनेको थियो।घटनाक्रम उत्कर्षमा पुगेपछि समाचार संकलनका लागि उपस्थित सञ्चारकर्मीहरूलाई समेत कार्यक्रम स्थलबाट बाहिर निकालिएको थियो।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले कर्मचारीहरूको असन्तुष्टि स्वाभाविक रहेको बताउँदै कार्यक्रमको उद्देश्य आन्दोलनको उपलब्धि र सहमतिको जानकारी दिनु रहेको स्पष्टीकरण दिइन्।गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू सरकारले बुधबार प्रस्तुत गरेको प्रस्तावमा सहमत भई नौ बुँदे सम्झौतापछि आन्दोलन स्थगन गर्ने निर्णयमा पुगेका थिए। तर, विद्यालय कर्मचारीहरूले उक्त सहमतिमा आफूहरूको मुद्दा समावेश नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।