• २०८३ असार ८
  • 2026 June 22, Monday

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पेटको समस्याका कारण फेरि अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्।

बुधबार जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रमको तयारी भइरहँदा समेत श्रेष्ठ अस्पतालमै थिइन्। पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्रै उनी केहीबेरका लागि अस्पतालबाट बाहिरिएकी थिइन्।

पार्टीका महासचिव गंगाराम चौधरीका अनुसार बुधवार राति अचानक फेरि पेट दुख्न थालेपछि श्रेष्ठ बिहीबार बिहान पुनः अस्पताल भर्ना गरिएकी हुन्। श्रेष्ठले भनेकी छन्, “हिजो पार्टीका कामले दिनभर दौडधुप भयो, आराम गर्न पाइएन। अस्वस्थ भएपछि अस्पताल आउनुपर्‍यो।”उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी चिकित्सकीय परीक्षणपछि सार्वजनिक गरिने जनाइएको छ।