यस्ताे छ स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

काठमाडाैं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।

एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार :-

हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।

हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।

हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।

हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।

हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।

हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।

याे पनि : एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र (पूर्णपाठ)

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१