काठमाडौं । सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी अनधिकृत पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थपको लागि अदालत लगिएको छ।
रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाउनुपर्ने आशयको पत्र लेखेका विष्ट सर्वोच्चको मुद्दा तथा रिट दर्ता शाखामा कार्यरत थिए। अब उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा शाखा प्रमुख एसपी कुलदीप चन्दले जानकारी दिए।
प्रहरीका अनुसार विष्टलाई केहीबेरमै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ।गत बुधबार उनले आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भई रेशम चौधरीलाई पक्राउ गर्न पत्र दिएका थिए। सोही पत्रको आधारमा रेशमलाई पक्राउ गरी कारागार पुर्याइएको थियो। तर पत्र अनधिकृत रहेको पुष्टि भएपछि पाँच घण्टाभित्रै रेशम रिहा भएका थिए।