सन् २०२५ को अप्रिलमा नेपालमा अहिलेसम्मकै बढी एक लाख १६ हजार ४९० विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सङ्ख्या सन् २०१९ को अप्रिलको तुलनामा १०६.५ प्रतिशतले बढी हो।
सबैभन्दा धेरै पर्यटक भारत (२५,९३३), अमेरिका (१०,०५३), चीन (९,०३७) र बेलायत (६,८३८) बाट आएका छन्। यद्यपि भारतीय र चिनियाँ पर्यटकको वृद्धि अपेक्षितरूपमा बढ्न सकेको छैन।
सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ र सन् २०२३ मा ९८ हजार ७७३ पर्यटक आएका थिए। बोर्डका सीईओ दीपकराज जोशीले यो वृद्धि नेपालप्रति बढ्दो विश्वव्यापी चासो र पर्यटन सभ्यताको प्रमाण भएको बताए।
जनवरीदेखि अप्रिलसम्म ४ लाख १५ हजार ४८ पर्यटक नेपाल आइसकेका छन्।
नेपाल भ्रमणको चहलपहल अझै बढ्ने संकेत देखिएको छ।